काठमाडौं, असोज १४। सरकार र चिकित्सकबीच शनिबार साँझ सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिसँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा ६ बुँदे सहमति भएको हो। पछिल्लो समय मणिपाल (पोखरा), माडी (चितवन), हेटौँडा, कन्चनपुर, बेलौरी, लमजुङ, पाटन लगायतका अस्पतालमा भएका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही…