रामेछाप पहिरोमा परेकाको उद्धारका लागि प्रचण्डको ध्यानाकर्षण

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामेछापको दोरम्बामा आज खसेको भीषण पहिरोमा परेकाहरुको उद्धार र उपचार प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । अध्यक्ष दाहालले रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३, टोकरपुरको लेकखर्कमा पहिरोमा परी छजनाको दुखद निधन, चारजना बेपत्ता र एकजना घाइते भएको तथा चारवटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको खबरले स्तब्ध…