ललितपुर धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त जिल्ला हो । यहाँ विभिन्न मठमन्दिर तथा तीर्थस्थल छन् । विभिन्न तीर्थस्थलमध्ये कालेश्वर महादेव पनि आफ्नै ऐतिहासिक महत्त्व बोकेको मन्दिर हो । प्रशासनिक तथा राजनीतिक विभाजनअनुसार ललितपुरको मध्य भागमा कोन्ज्योसोम गाउँपालिका दक्षिण पूर्वी भेगमा महाङ्काल र दक्षिण–पश्चिम भेगमा वाग्मती गाउँपालिका पर्दछ । महाङ्काल गाउँपालिका–२ गोटी खेलको अग्लो पहाडको टुप्पोमा…