झापा– झापाको बुद्धशान्ति गाउँपालिकाका वडाध्यक्ष घुस लिँदालिँदै पक्राउ परेका छन् । बुद्धशान्ति गाउँपालिका वडा न.२ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैयाँ घस लिइरहेको अवस्थामा पक्राउ परेका हुन् । झापाको बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि घुस रकम लिइरहेको अवस्थामा मंगलबार दिउँसो ओली पक्राउ परेका हुन् । घुस रकम लिँदै गर्दा ओलीलाई
काठमाडौं– आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सोमबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले कृषि कर्म सुरु गर्नुअगावै अध्यावधिक मौसम जानकारी तथा
काभ्रेपलाञ्चोक— पठाओ चालकको मोबाइल चोरी गरेर भाग्ने दुई जना पक्राउ परेका छन् । पठाओ बुक गरेर विभिन्न स्थानमा जाने र क्युआरबाट पैसा तिर्ने बाहनामा मोबाइल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रपलाञ्चोकको भुम्लु गाउँपालिका–४ का २२ वर्षीय प्रकश महत र ३२ वर्षीय युवराज महत छन्
काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एक थोपो रगत रहेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग लड्ने बताएका छन् । बुधबार दिउँसो भक्तपुरमा रहेको निजी निवासबाटै पक्राउ पर्ने क्रममा उनले अन्तिम समयसम्म प्रधानमन्त्री ओलीसँग लड्ने बताएका हुन् । उनले प्रहरीसमक्ष भने, ‘पक्रेजस्तो नगर्नुस् न । भ्रष्टाचारीलाई जस्तो नगर्नुस् न ! एक थोपो रगत
काठमाडौं– दशैंतिहारका लागि असोज १२ गतेदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिवार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको
मकवानपुर– तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहको स्वरुप दिएको २४ घण्टा पनि बित्न नपाई एक प्रेमिल जोडीको वियोग भएको छ । मकवानपुरको थाहा नगरपालिका–८ ऐँसेलु खर्कका २५ वर्षीय तिलक कुमार थिङ र कैलाश–५ गोगनेकी २५ वर्षकी प्रमिला गोलेले २८ भदौमा विवाह गरे । तर तीन वर्ष लामो प्रेमसम्बन्धपछि विवाह गरेको
रोल्पा– रोल्पाको एक गोठमा आगलागी हुँदा लाखौँ रुपैयाँ जलेर नष्ट भएको छ । रोल्पाको थबाङ गाउँपालिका– ४ चौत्रावाङका पूर्णबहादुर रोका मगरको गोठमा बुधबार आगो लागेको थियो । आगलागीका कारण चार लाख रुपैयाँ नगद जलेको छ । उनका अनुसार ढुंगा र माटोले बनेको, खरले छाएको गोठमा बुधबार दिउँसो साढे १ बजेतिर
काठमाडौं– खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारबाट सहुलियत पसल सञ्चालनमा ल्याएको छ। दसैं, तिहार तथा छठलाई लक्षित गरी कम्पनीले सहुलियत पसल सञ्चालनमा ल्याएको हो। खाद्य कम्पनीले खरिद गरेका खाद्य वस्तुहरू सहुलियत पसलमा पाइन्छ। त्यसका साथै दुग्ध विकास संस्थानले उत्पादन गरेको घ्यू र साल्ट ट्रेडिङ बिक्री वितरण गर्दै आएको नुन, ,
काठमाडौं– जनमत पार्टीका अध्यक्ष सिके राउत र उनकी श्रीमती सोनी सिन्धु रानीले प्रहरीसँग एक अर्काबाट सुरक्षा माग गरेका छन्। सिके राउतले केही दिनअघि श्रीमती रानीबाट असुरक्षित भएको भन्दै प्रहरी प्रभाग इमाडोलमा निवेदन दिएका थिए। यता श्रीमती रानीले पनि आफू श्रीमानबाटै असुरक्षित भएको भन्दै बिहीबार प्रहरी वृत्त सातदोबाटोमा पुगेकी हुन्। उनीहरू
काठमाडौं– काठमाडौं महानगरपालिका–१ स्थित आनन्द भैरव मार्गमा ९ लाख रुपैयाँको धनमाल चोरी भएको छ । हिमाल हस्पिटल नजिक डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–५ घर भएका ३५ वर्षीय सुरेश परियारको कोठाबाट गरगहना, नगद र अरु सामान चोरी भएको हो । कोठामा कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर सुन तथा चाँदीका