काठमाडौं । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा असर परेपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ। मन्त्री यादवले काठमाडौं उपत्यकामा मात्र लागू हुने गरी एउटा कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिन्डरसँग उही मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने…