काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने, धूम्रपान पनि गर्न नपाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । अबदेखि महानगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा धूम्रपान पनि गर्न पाइने छैन । आज एक सूचनामार्फत महानगरको स्वास्थ्य विभागले अबको १५ दिनपछि लागु हुने गरी महानगरपालिका क्षेत्रभित्र प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपरागसहितका सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्णरूपमा प्रतिबन्ध लगाइएको…