‘यो देशमा एमाले भन्ने पार्टी पनि छ प्रधानमन्त्रीजी । यो कुरो बिर्सेर टीआरसीमा मनलाग्दी गर्ने ?’ : एमाले अध्यक्ष ओली

बुधबार बिहान नेकपा एमालेका अध्यक्ष केपी ओली उपाध्यक्षहरु सुवास नेम्बाङ र विष्णु पौडेलसहित प्रधानमन्त्रीको सरकारी निवासमा जाँदा प्रधानमन्त्री शेरबहादुर देउवा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित पर्खिरहेका थिए । ओलीले सुरुमै चारबुँदा राखे । चुनाव, टीआरसी, नागरिकता विधेयक र मूल्यवृद्धि । तर दोस्रो बुँदाबाट कुरा थाले । सहभागी नेता विष्णु पौडेलले हामिलाइ जानकारी दिए अनुसार ओलीले भने, ‘यो…