ट्राफिक नियम कडा बन्दै मापसेमा ५० हजार, लेन मिच्नेलाई १० हजारसम्म जरिवाना गर्ने तयारी

काठमाडौं । सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक अनुशासनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सरकारले सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुन संशोधनको तयारी गरेको छ। प्रस्तावित व्यवस्थाअनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने चालकलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था राख्न लागिएको छ। त्यस्तै, लेन अनुशासन उल्लङ्घन गर्ने चालकलाई १० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको…