‘डिगो’ बन्यो नेपालको पहिलो लाइसेन्सप्राप्त ओटीटी, विश्वव्यापी रूपमा सेवा विस्तार गर्दै

काठमाडौं - डिशहोम डिजिटल प्रालिअन्तर्गत सञ्चालित डिगो ओटीटीले आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारसहित नेपालको डिजिटल मनोरञ्जन क्षेत्रमा नयाँ उपलब्धि हासिल गरेको छ। यससँगै प्लेटफर्मले आफूलाई विश्वसनीय तथा सशक्त डिजिटल स्ट्रिमिङ सेवाका रूपमा अझ मजबुत बनाएको जनाएको छ। सदस्यतामा आधारित यस ओटीटी प्लेटफर्ममार्फत चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, प्रत्यक्ष प्रसारण, खेलकुद, वृत्तचित्र तथा बाल सामग्रीलगायत विविध…