काठमाडौं - ७८ लाख घुस डिल प्रकरणमा मुछिएका भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले राजीनामा नदिएकोमा एमालेकै एक नेताले आपत्ति जनाएका छन् । एमाले केन्द्रीय सदस्य विष्णु रिजालले आफ्नै पार्टीले सरकारको नेतृत्व गरिरहेको बेला अनेकौँ काण्ड बाहिरिएकोमा चिन्ता जनाएका छन् । भ्रष्टाचारीको मुखै हेर्दिन भन्ने प्रधानमन्त्री केपी ओलीको क्याविनेट सदस्य नै घुस लेनदेनमा जोडिएका घटना…