काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्ष पदबाट हटाइएका मुकुन्दश्याम गिरी निर्वाचन आयोग पुगेका छन् । उनी आइतबार बिहान आयोग पुगेका छन् । उनले आफूलाई उपाध्यक्षबाट बर्खास्त गर्ने अध्यक्ष राजेन्द्र लिङ्देनको निर्णयविरुद्ध उजुरी दिन लागेका छन् । गिरीलाई पार्टीको संस्थापनइतर समूह र कर्णाली प्रदेश समितिको साथ छ । निर्वाचन आयोगमा गिरीलाई साथ दिँदै राप्रपाका महामन्त्री डा.…