आँबुखैरेनी बस दुर्घटनाः चितवनबाट शव सिधै भारत लैजाने

चितवन– पोखराबाट काठमाडौं जाने क्रममा आबुँखैरेनीस्थित मर्स्याङ्दी नदीमा खसेर ज्यान गुमाएका २७ जना भारतीय पर्यटकको शव आजै भारत लैजाने भएको छ । शव लिन भारतीय एयरफोर्सको जहाज सिधै चितवन जाने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार नेपाल सरकारसँग भारतीय रक्षामन्त्रीको टोलीले छलफल गरेपछि चितवनबाट सिधै शव लैजाने निर्णय गरेको हो ।…