सकियो बालेन र सुनिताको विवाद : लामो समयपछि मेयर बालेन र उपमेयर डंगोलबीच सहमति, कार्यपालिका बैठक चाँडै बस्ने

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच लामो समयपछि बुधबार भेटवार्ता भएको छ। केही वडाध्यक्षहरूको सहभागितामा भएको सो छलफलमा कार्यपालिका बैठक चाँडै बोलाउने विषयमा प्रारम्भिक सहमति जुटेको छ। ‘हिजो लामो बैठक भयो। उपप्रमुखले आफ्ना धारणा राख्नुभयो, प्रमुखले पनि केही बुँदा प्रस्तुत गर्नुभयो। बजेट केन्द्रित कार्यपालिका बैठक तत्काल बोलाउने र बाँकी…