काठमाडौं– संसारकै सर्वोच्च शिखर सगरमाथा चढ्ने व्यक्ति हुन् एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा । सन् १९५३ मा सगरमाथा पहिलोपटक चढेका उनीहरुको नाम इतिहासमासगरमाथा सबैभन्दा पहिला आरोहण गर्ने व्यक्तिका रुपमा लेखिएको छ । तर उनीहरु सगरमाथा चढ्नुभन्दा २९ वर्ष अघि नै बेलायती नागरिक जर्ज म्यालोरी र एन्ड्रयू कोमिन ‘स्यान्डी’ ले सगरमाथा आरोहणको प्रयास गरेका थिए…