काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । सिंहदरबारमा बुधबार पत्रकार सम्मेलन गरी उनले आफ्ना समय दिने उपलब्धि सार्वजनिक गरेका हुन् । घिसिङले चुनावपछिको सरकारको नेतृत्व नयाँ दलले गर्नुपर्ने भएकाले त्यहीअनुसार मिलेर अघि बढ्नुपर्ने बताए । ‘चुनाव यो सरकारको मुख्य कार्यभार हो । चुनावमा जाने भनेपछि…