चितवन– रूख र बिजुलीको पोल ढलेर अवरूद्ध भएको नारायणघाट–मुग्लिन सडक खुलेको छ। सडकमै ढलेको रूख र बिजुलीको पोल पन्छाइएसँगै अवरूद्ध सडक बिहान साढे १० बजे खुलेको हो । रूख ढलेर रोकिएका सवारी साधनहरू बाटो खुलेलगत्तै गन्तव्यतर्फ लागेका छन्। बिहानदेखि सवारी साधनहरू रोकिएका हुनाले उक्त सडकखण्डमा अहिले सवारी साधनको चाप छ। बिहान ८ बजे भरतपुर महानगरपालिका–१…