Logo

प्रदेश सरकारको निर्णयः काठमाडौं, चितवन र हेटौंडामा तेलबाट चल्ने सवारी साधन नचलाउने

वि.स २०८५देखि काठमाडौं उपत्यका, चितवन र हेटौंडामा तेलबाट चल्ने सवारी सधान चलाउन प्रतिबन्ध लगाउने प्रदेश नम्वर ३ को सरकारले निर्णय गरेको छ । साथै बनेपा, धुलिखेल र पनौतिमा पेट्रोलियम पदार्थमा आधारित सवारी साधनमा पूर्ण प्रतिबन्ध लगाउने योजना अघि सारेको प्रदेश नम्वर ३ को सरकारले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७५/०७६ को आफ्नो नीति तथा कार्यक्रममा प्रदेश सरकारले यस्तो योजना अघि सारेको हो । ब्यापक रुपमा विद्युतीय सवारीको प्रयोगमार्फत तेलबाट चल्ने गाडीको प्रयोगमा प्रतिवन्ध लगाउने योजना अघि सारिएको प्रदेश सरकारले जानकारी दिएको छ ।

कम्तिमा १०० मेगावाट सम्मको हाइड्रोपावर निर्माण परियोजना, गौरीशंकर, जुगल, गणेश हिमालका आधार शिबिर जोड्ने उच्च हिमाली पदमार्ग परियोजना, प्रदेश विश्वविद्यालय परियोजना, मरिन शहर निर्माण परियोजना, भक्तपुर, पाँचखाल सुरुङ मार्ग परियोजना र इन्द्रावती, भिमटार, पाँचखाल सिंचाइ परियोजनाको सम्भाव्यता अध्ययन पनि तत्कालै गरिने भएको छ ।

मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रममार्फत जिल्ला सदरमुकाम तथा नजिकको लोकमार्गदेखि स्थानीय तहको मुकामसम्मका सडकलाई स्तरोन्नती गर्दै आगामी पाँचवर्ष्भित्र कालोपत्रे गर्ने कार्यक्रम पनि छ ।

प्रदेशको समृृद्धिको लागि औद्योगिकिकरण, व्यवसाय प्रर्वद्धन लगायतका क्षेत्रका लागि आवश्यक सीप तथा प्रविधियुक्त जनशक्ति उत्पादन गर्न बहुप्राविधिक महाविद्यालयको स्थापना गर्ने र संघ र प्रदेशलाई आवश्यक दक्ष मानव संशाधनको आपूर्ति गर्ने उद्देश्य राखी पर्यटन लगायतका नवीन क्षेत्रहरुमा अध्ययन, अनुसन्धानमूलक र विशेषज्ञताको विकास गर्न आगामी पाँच वर्ष्भित्र प्रदेश विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने विषय पनि उल्लेख छ ।

प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेश संसदमा कार्यक्रम प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘पोष्टबहादुर बोगटी भिमफेदी(कुलेखानी सुरुङ मार्ग परियोजना’ अघि बढाउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्