Logo

पाल्पाको धारादी वनमा दुर्घटना भएको बस र यात्रुको पछिल्लो अवस्था तस्विरमा हेर्नुहोस्, दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुग्यो

पाल्पामा शुक्रवार विहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको समुह रामपुरका विभिन्न सहकारीको अवलोकन भ्रमणमा हिडेको लु २ त ९७५ नं। वस दुर्घटना हुदाँ १३ जनाको मृत्यु भएको हो । दुर्घटनामा ८ घाईते भएका छन् ।

प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार मृत्यु हुनेमा तानसेन नगरपालिका–४ का विष्णुमान बज्राचार्य र कृष्णबहादुर बोहोरा, तानसेन– २ का लोकनाथ ढकाल, तानसेन– ३ का वसन्ती खाँड, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य र सुुशीलप्रसाद श्रेष्ठ, तानसेन– ६ का दुर्गाबहादुर सारु र गीता बुढाथोकी तथा तानसेन बजारका सचिन बज्राचार्य र कमला कार्की रहेका छन् ।

रामपुरको अध्ययन अवलोकन भ्रमणमा निस्केको तानसेनको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको टोली चढेको लु२ख ९७५ नं को बस आज बिहान पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा दुर्घटनामा परेको हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्