Logo

आँखै अगाडी आमालाइ दुर्व्यबहार गरेको सहन नसकेपछि ११ कक्षा पढ्ने बिद्यार्थीले यसरी गरे ३५ वर्षीय युवकको हत्या

आफ्नै आमालाइ दुर्व्यबहार  गरेको सहन नसकेपछि कांभ्रेका १७ बर्षीय किशोरले एक जना युवकको हत्या गरेका छन् । सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षीय लक्ष्मण भनिने बसन्त खड्काले ३५ वर्षीय युवाको हत्या गरेका हुन् ।

आफ्नो बुबाको निधन भएपछि ३५ बर्षीय इश्वर थापाले पटकपटक आफ्नो आमालाई दुव्र्यबहार गरेको खड्काले आरोप लगाएका छन् । उनीहरु त्यहीबाट झगडा भएको थियो । कांभ्रेको बनेपा वडा नम्वर ११ धनेश्वरमा उनले गत मंगलबार ३५ वर्षीय युवालाई हत्या गरेर फरार भएका थिए ।

फरार रहेका उनलाइ प्रहरीले पक्राउ गरेको छ । प्रहरी समक्ष बयान दिँदै उनले आफ्नो आमालाइ दुव्र्यबहार गरेको सहन नसकी हत्या गरेको बयान दिएका छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार अभियुक्तकी आमासँग मृतक ईश्वर थापाले जबरजस्ती नागरिकता र लालपूर्जा थुतेर लगेपछि घटनाले उग्ररुप लिएको थियो ।

अभियुक्त खड्का र उनका आफन्त बनेपा ४ नालाका राजु सिग्देलले नागरिकता र लालपूर्जा माग्न जाँदा राति नै हत्या गरेर फरार भएका थिए ।फरार भएका अभियुक्त बसन्त खड्का र राजु सिग्देललाई प्रहरीले विराटनगरबाट पक्राउ गरि ल्याएको थियो । खड्का अहिले कक्षा ११ मा अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्