Logo

३ करोड नेपालि लाई आयो खुसीको खबर : कतार,ले नेपालीलाई पनि दिने पीआर प्रक्रियाकाे अन्तिम चरणमा नेपालीलार्इ के हुन्छ फाइदा ?भिडियो सहित

कतारले आप्रवासीलाई स्थायी बसोवास अनुमति (पीआर) दिने प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएकाे छ । त्यहाँको मन्त्रिपरिषद्ले आफ्नो देशमा भएका विदेशी आप्रवासीहरूलाई पीआर उपलब्ध गराउने कानून पारित गरेसँगै यस प्रक्रियाले चर्चा पाएकाे छ ।

गत सोमबार त्यहाँकाे सरकारले पीअारसम्बन्धी कानूनकाे मस्याैदा पारित गरेको थियाे । कतार न्यूज एजेन्सीले जनाएअनुसार, राज्यलाई आवश्यक पर्ने विशेष पेशामा आबद्ध विदेशी कर्मचारीका साथै अन्य प्रतिभावान् व्यक्तिलार्इ पीआर उपलब्ध गराइने व्यवस्था उक्त कानुनमा रहेकाे छ ।

यस व्यवस्थाले कतारमा विदेशी जनशक्त मात्रै अाकर्षित हुने नभर्इ लगानी समेत भित्रिने अपेक्षा गरिएकाे छ । पछिल्लाे समय अार्थिक नाकाबन्दी झेलिरहेकाे कतारलार्इ यस व्यवस्थाले विदेशी लगानी भित्रिन गर्इ आर्थिक विकासमा टेवा पुग्ने बताइएको छ ।

विदेशीलाई पीआर दिनेसम्बन्धी कानून अब औपचारिक रूपमा लागू हुन १ चरण मात्रै बाँकी रहेकाे एजेन्सीले समाचारमा जनाइएकाे छ । त्यहाँका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीले यसमा हस्ताक्षर गरेसँगै पीआरसम्बन्धी कानुनले मान्यता पाउने र अनि मात्र अावश्यक कार्यान्वनका पक्रिया सुरू हुनेछ ।

के-के हुनेछ सुविधा ?

आप्रवासी नागरिकले कतारमा पीआर पाउन सके आफ्नै स्वामित्वमा सम्पत्ति राख्न पाउनेछन् । साथै स्थानीय साझेदारविना नै निश्चित प्रकारका व्यावसायिक गतिविधि गर्न र स्थायी रूपमा बसाेबास गर्न पाउनेछन् ।

पीअार पाउने विदेशीले कतारमा शेयर काराेबार समेत गर्न पाउनेछन् । यसका साथै शिक्षा, स्वास्थ्य, उपचार लगायतका सुविधामा पीआरधारी विदेशीलार्इ कतारी नागरिकसरह नै समान अधिकार र व्यवहार हुनेछ ।

यसरी पीअार सुविधा दिने कतार पहिलाे खाडी मुलुक हुनेछ । कतारले गतवर्ष नै छिमेकी मुलुकले अार्थिक नाकाबन्दी सुरू गर्दैताका आप्रवासीलाई पीआर दिने घोषणा गरेको थियो ।

चार लाख नेपालीलार्इ के फाइदा ?

कतारमा ठूलाे संख्यामा आप्रवासी रहेका छन् । त्यहाँकाे अाप्रवासी जनसङ्ख्यामा नेपालीको अंश दोस्रो स्थानमा पर्छ । हाल कतारकाे कुल जनसङ्ख्याको साढे १३ प्रतिशत अर्थात् झण्डै ४ लाखको हाराहारीमा लीहरू कतारमा विभिन्न कामले बसाेबास गरिरहेकाे बताइन्छ । कतारको कुल जनसङ्ख्या २७ लाख आसपास छ । त्यहाँकाे ९० प्रतिशत जनसङ्ख्या आप्रवासीले भरिएकाे छ भने १० प्रतिशत मात्रै रैथाने छन् ।

वैदेशिक राेजगारीमा ठूलाे संख्यामा कतार पुग्ने नेपालीहरूकाे क्रम राेकिएकाे छैन । बन्न लागेकाे पीआरकाे व्यवस्थाले सबै नेपालीलार्इ फाइदा भने हुने छैन । तर आवश्यक विशेषज्ञ पद र ताेकिएका पेशामा आबद्ध नेपालीले भने सजिलै पीअार पाउन सक्ने बाटाे खुल्नेछ ।

हाल कतारमा मजदुरी गर्न पुगेका नेपाली मात्रै छैनन्, व्यवसायीदेखि त्यहाँकाे प्रशासकीय क्षेत्रमा काम गरिरहेका नेपाली पनि थुप्रै रहेका छन् । इञ्जिनीयरिङ, एकाउण्ट, होटललगायत क्षेत्रमा काम गरिरहेका र अन्य प्रतिभाशाली नेपालीहरू पीअारबाट प्रत्यक्ष लाभान्वित हुने बताइएकाे छ । (एजेन्सीहरूकाे सहयाेगमा)

प्रतिक्रिया दिनुहोस्