Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 256

होसियार ! भुलेर पनि प्रयोग नगर्नुहोला यी क्रिमहरु, क्यान्सर निम्त्याउन सक्छ


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 29

हाम्रो शरीरको सबैभन्दा ठुलो अंग छाला हो । शरीरको रक्त प्रणालीले छालामा प्रयोग हुने सबै चिजलाई सोस्दछ । छालामा प्रयोग गरिने सौन्दर्य प्रशाधनमा पनि विभिन्न किसिमका रसायनहरुको प्रयोग गरिएको हुन्छ । जसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पुग्न सक्दछ । यसका साथै छालाको क्यान्सर जस्तो खतरनाक रोग पनि लाग्न सक्ने हुन्छ । त्यसैले यस्ता कुराहरुमा हामीले ध्यान पुर्याउन जरुरी छ । आज हामी तपाईलाई यस्ता ४ उत्पादनहरुको बारेमा जानकारी दिन्छौं | जसको प्रयोगले क्यान्सर लाग्न सक्ने सम्भावना रहन्छ ।

१) सनस्क्रीन

गर्मी महिनामा मानिसहरुले सुर्यको पराबैजनी किरणबाट बच्नको लागि सनस्क्रीनको प्रयोग गर्ने गर्दछन । खासगरी महिलाहरुले यसको प्रयोग बढी गर्ने गर्दछन । तर सनस्क्रीनमा विभिन्न किसिमका रसायनहरु मिसाइएको हुन्छ । जस्तै : रेटीनल पाल्मीटेट , अक्सिबेन्जोन । यस्ता रसायनहरुले छालाको क्यान्सरका कारक घाउ तथा ट्युमरलाई बढाउनमा मद्दत गर्दछ ।

समाधान : सनस्क्रीनमा लेखिएको कुरा पढेर मात्र यसलाई किनेर प्रयोग गर्नुहोस । प्रायगरी जिन्क सनस्क्रीनको प्रयोग राम्रो हुन्छ । सकेसम्म स्प्रे सनस्क्रीनको प्रयोग नगर्नुहोस । र यस्ता सनस्क्रीनको प्रयोग गर्नुभन्दा पहिला छालाको बिशेषज्ञको सल्लाह लिनु राम्रो हुन्छ ।

२) मस्कारा

कुनैकुनै मस्कारामा नराम्रो गन्ध आउने गर्दछ । यसो हुनुको कारण विषाक्त रसायनहरुको प्रयोग हो । मस्कारामा प्रायजसो पोलीमर, पेत्रोल्याटम , फोर्मल्दिहाईद , आलुमिनम , रेतिनायल एसीटेट , पाराबेंस , फ्रागरेंस जस्ता रसायनहरु पाइन्छन । जसले वृद्ध हुने प्रक्रियालाई बढावा दिन्छ ।

समाधान : यसको समाधानको लागि तपाइले अर्ग्यानिक मस्काराको प्रयोग गर्न सक्नुहुन्छ । मस्काराको प्रयोग ६ महिनाभन्दा बढी नगर्नुहोस ।

३) टूथपेस्ट

टूथपेस्टमा पोपिलिन ग्लाइकोल , फ्लोराइड जस्ता रंगजनक पदार्थहरु पाइन्छ । जसले गर्दा क्यान्सर हुने सम्भावना रहन्छ ।

समाधान : सकेसम्म हर्बल टूथपेस्टहरुको प्रयोग गर्नुहोस ।

४) लिपस्टिक

लिपस्टिकमा लीड , फोर्मल्दिहाईद जस्ता बिषादीहरुको प्रयोग गरिन्छ । जसले हाम्रो स्वास्थ्यमा नराम्रो असर पुर्याउदछ ।

समाधान : स्वस्थ अर्ग्यानिक लिपिस्टिक प्रयोग गर्नुहोस ।