Logo

अशोकसँगै उसका साथीले भुइकटहरले पनि पाए १० कक्षासम्म निःशुल्क पढ्ने अवसर (भिडियो सहित)

बालगायक अशोक दर्जीका बालशखा टिकाराम धिमालले पनि अशोकसँगै १० कक्षासम्म निःशुल्क पढ्ने अवसर पाएका छन् ।भुइकटर नामले परिचीत उनलाई अशोक पढेको स्कुल बेथेल एजुकेशन एकेडेमीले पढाउँने भएको हो । आर्थिक अवस्था अशोकको जस्तै दयनिय भएकाले उसलाई पनि पढ्ने अवसर दिइएको विद्यालयका प्रेन्सिपल दिपक न्यौपानेले बताए । होस्टल सहित भुइकटर उर्फ टिकारामलाई १० सम्म पढ्ने व्यवस्था मिलाएको न्यौपानेले बताए ।

बालगायक अशोक दर्जीले साथीलाई पनि उनीसँगै पढ्ने वाताबरण मिलाइदिन पत्रकार किसोर श्रेष्ठसँग आग्रह गरेपछि पत्रकार श्रेष्ठले विद्यालयका प्रेन्सिपलसँग यस विषयमा कुरा राखेका थिए । प्रिन्सिपल न्यौपानेले यसलाई सकारात्मक लिएपछि अशोकका साथीले अशोकसँगै पढ्ने अवसर पाएका हुन् । अशोक र उनका घनिस्ट मित्र टिकारामको मित्रताले गर्दा पनि शिलान्यास कार्यक्रममा पढाउने वाताबरण मिलाएको पत्रकार श्रेष्ठले बताए ।

अशोक सडकपेटीमा गीत गाउँदै हिड्दा उनका साथी भुइकटर गीत सुनेर प्राप्त हुने रकम संकलन गर्ने गर्थे । अशोक रातारात चर्चामा आएसँगै उनीहरु दुईबिच भेट्भाट हुने अवसर मिलेको थिएन् । तर अशोक दर्जीको घर शिलान्यास कार्यक्रममा भने यी पुराना मित्रको भेट् भएको थियो ।

उक्त भेट्को क्रममा अशोकले आफ्ना घनिस्ट मित्र भुइकटरलाई पनि आफूसँगै पढ्ने अवसर मिलाइदिन आग्रह गरेका थिए । यतिबेला यिनीहरु दुबैजनासँगै रहेका छन् । पत्रकार किसोर श्रेष्ठको पहलमा टिकालाई समाजसेवी पूर्ण वाईवा, ममता राना, बुलन्द पाशवान लगायतले स्कुलको पोशाकसँगै अन्य पोशाकहरु खरीद गरिदिएका छन् ।

प्रतिक्रिया दिनुहोस्