Logo

हिजो पाल्पामा बस दुर्घटनामा ज्यान गुमाएका १२ जनाको सामूहिक अन्त्येष्टि यसरि गरियो, गाउँ नै सोकमा डुब्यो

पाल्पामा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाएका १४ मध्ये १२ जनाको राम्दीघाटमा सामूहिक अन्त्येष्टि गरिएको छ । मृतक मुना सारुको छोरा जापानबाट नेपाल फर्किदै गरेको र क्षेत्रमान शाक्यको छोरा जिल्ला बाहिरबाट आउँदै गरेकोले दुई जनाको बाहेक अरुको आइतबार राम्दीघाटमा अन्त्येष्टि गरिएको आफन्तले जनाएका छन् ।

अध्ययन भ्रमणका लागि तानसेनबाट पूर्वी पाल्पाको रामपुर जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, सदस्य एवम् कर्मचारीसहित अतिथि चढेको बस रम्भा गाउँपालिका –४, हुमिनको धारादी वनमा दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै र उपचारका क्रममा ३ जनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको थियो ।

दुर्घटनामा सहकारीका अध्यक्ष विष्णुमान बज्राचार्य र उहाका भाई सचिनसँगै डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहोरा, कृष्णमान बज्राचार्य, क्षेत्रमान शाक्य, गिता बुढाथोकी, कमला कार्की, लोकप्रसाद ढकाल, दुर्गाबहादुर सारु, सुशील श्रेष्ठ, देवेन्द्र प्रधान, वसन्ती खाँड र दुर्गादेवी श्रेष्ठ र मुना सारुको ज्यान गएको हो । घाइते ३ जनाको काठमाडौं र ६ जनाको पाल्पाको मिसन अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्