Logo

आफ्नै पत्नीलाई जुवाको दाउमा लगाएर हारेपछि जित्ने व्यक्तिलाई आफ्नी पत्नी सुम्पिए !

भारतको ओडिसास्थित बालेश्वर जिल्लामा एक सर्मनाक घटना घटेको छ । एकजना पुरुषले आफ्नै पत्नीलाई जुवाको दाउमा लगाएर हारेका छन् । घटना यतिमा मात्र सिमित रहेन । जुवा हार्ने व्यक्तिले जुवा जित्ने व्यक्तिलाई आफ्नी पत्नी सुम्पिए । अनि जित्नेले जुवामा जितेकी अर्काकी श्रीमतीलाई उनकै लोग्ने अगाडि बलात्कार गरे ।

पीडित महिलाले स्थानीय प्रहरी चौकीमा बलात्कारको उजुरी दर्ता गराएकी छन् । त्यसपछि उनका पति र जुवामा जितेर आफूलाई बलात्कार गर्ने पुरुष दुवैजना फरार छन् ।

ती महिलाका अनुसार गत मे २३ मा उनका लोग्ने राति ११ बजे घर आएर उनलाई आफूसँगै हिड्न भने । उनले कहाँ जाने ? भनेर सोध्दा कुनै जवाफ दिएनन् ।

त्यसपछि उनलाई जबरजस्ती गाउँ भन्दा बाहिर लगे, जहाँ लोग्नेका एकजना साथी पहिले देखि नै बसिरहेका थिए । लोग्नेका ती साथीलाई महिलाले पहिले देखिनै चिन्थिन् र भाइ भन्थिन् । तर अकस्मात ती पुरुषले उनको हात समातेर तान्न खोजे । उनले विरोध गरिन् । तर उनका लोग्नेले त्यो परपुरुषलाई झापड हान्नुको साटाे उल्टै आफ्नै श्रीमतीको साडी फुकालिदिए अनि श्रीमतीलाई त्यहीँ जुवाडे साथीको हातमा बुझाइदिए ।

आफूलाई त्यो जुवा जित्नेवाला मानिसले केही पर लगेर बलात्कार गरेको उनले बताएकी छिन् ।

अर्को दिन बिहान ती महिलाकी छोरीले आफ्नो मावली हजुरबुवालाई फोन गरी आमामाथि भएको बलात्कारको बेलिविस्तार लगाइन् । महिलाका बाबु उनको घर आएर पीडित महिलालाई माइत लगेर गए । अनि प्रहरीमा बलात्कारको उजुरी दर्ता गरिएको छ । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

बीबीसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्