Logo

झुम्का कारागार सरुवा गर्न सुन तस्करीका नाइके एसएसपी खत्रीको माग, आखिर किन ?

मोरङ कारागारमा रहेका करीब ३८ क्विन्ट सुन तस्करीका मुख्य योजनाकार एसएसपी श्याम खत्री सुनसरीको झुम्का कारागार स्थानान्तरण गर्ने तयारी भएको छ । उनले जेल स्थानान्तरणको माग गर्दै निवेदन दिएपछि कारागार प्रशासनले यस्तो तयारी गरेको हो । स्रोतका अनुसार सोमबारसम्म खत्रीलाई मोरङबाट सुनसरीको झुम्का कारागारमा स्थानान्तरण गरिनेछ ।

मोरङ कारागारका प्रमुख उपसचिव शंकर पौडेलका अनुसार सुन तस्करी र सनम हत्याका मुख्य आरोपी चुडामणि उप्रेती (गोरे) र खत्रीलाई एउटै कारागारमा राख्दा सुरक्षा चुनौती बढी हुने भएकाले समेत स्थानान्तरणको तयारी भईरहेको हो ।

करीब ३८ क्विन्ट सुन तस्करीको आरोपमा प्रहरी थुनामा रहेका एसएसपी श्याम खत्रीले जेल स्थानान्तरणको माग गरेका हुन् । सुन तस्करी तथा सनम शाक्य हत्याकाण्डको आरोपमा पूर्पक्षका लागि मोरङ कारागारको थुनामा रहेका उनले जेल स्थानान्तरणको माग गरेका थिए ।

उनको निवेदन उपर सबै कारवाही पुरा भएको छ । सुन तस्करी प्रकरणका अन्य आरोपी समेत पूर्पक्षका लागि सोही कारागारमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्