Logo

कारागारमा रहेका गोल्डेन डन ‘गारे’ चिन्तित, के छ उनको पछिल्लो अवस्था ?

सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी चु्डामणी उप्रेती गोरे अहिले चिन्तित रहेका छन् । उनलाइ जिल्ला कारागार मोरङमा राखिएको छ । कारागार प्रशासनका अनुसार उनी अहिले चिन्ति रहेका छन् । गोरेले कारागारमा भेटघाटमा आउने आफन्तहरुसँग निकै कम कुराकानी गर्ने गरेका छन् । उनी जेलभित्र चुपचाप रहने र सधै निराश देखिने गरेको कारागार प्रशासनले जानकारी दिएको छ ।

पछिल्लो पाँच वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर हुने सुन तस्करीका मुख्य व्यवस्थापक रहेका गोरेको अन्य अवस्था भने सामान्य रहेको छ । गोरेका कानुन व्यवसायी र आफन्तले नियमित रुपमा उनलाइ भेटिरहेका छन् । ‘अन्य अवस्था सबै सामान्य रहेको छ ।’ कारागार प्रशासन भन्छ,‘उनी पछिल्लो समय भेटघाटमा आउने आफन्तसँग कम बाल्ने गरेका छन् ।’

करीब ३८ क्विन्ट सुन तस्करी र सनम साक्यको हत्याको आरोपमा थुनामा रहेका मुख्य आरोपी मध्ये गोरे र नेपाल प्रहरीका एसएसपी श्याम खत्रि अहिले एउटै जेलमा रहेका छन् । उनिहरु मोरङमा रहेको कारागारमा छन् । कारागार प्रशासनका अनुसार एसएसपी खत्री माथिल्लो तलामा छन् भने गोरे तल्लो तलामा रहेका छन् ।

गोरे र खत्री एउटै कारागारमा रहेपनि उनीहरुको देखभेट र बोलचालमा पूर्ण बन्देज लगाईएको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले गोरेलाई जेठ १३ र एसएसपी खत्रीलाई जेठ १७ मा पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
दुबैलाई एउटै कारागारमा राखिएपछि सुरुक्षा व्यस्था थप मजवुद बनाइएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

उनीहरुले जिल्ला अदालत मोरङमा एक अर्काविरुद्ध बयान दिएका थिए । एसएसपी खत्रीले इजलासमै आफुलाई गोरेसँगै नराख्न आग्रह समेत गरेका थिए । त्यसैले पनि उनिहरुलाइ एकै ठाउँमा राख्दा असुरक्षा बढ्ने भन्दै सुरक्षा व्यवस्था बलियो बनाइएको हो ।

कारागार सुरक्षा गरिरहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी सचेत रहेको कारागार प्रशासनको भनाइ छ । गोरेलाई उनका आफन्त भेट्न आउँदा खत्रीलाई थुनुवा कक्षमा र खत्रीका आफन्त भेटन आउँदा गोरेलाई थुनुवा कक्षमा राखेर भेटघाटको प्रवन्ध मिलाएको कारागार प्रशासनले जनाएको छ ।

यसैबीच मोरङ कारागारमा रहेका करीब ३८ क्विन्ट सुन तस्करीका मुख्य योजनाकार एसएसपी श्याम खत्री सुनसरीको झुम्का कारागार स्थानान्तरण गर्ने तयारी भएको छ । उनले जेल स्थानान्तरणको माग गर्दै निवेदन दिएपछि कारागार प्रशासनले यस्तो तयारी गरेको हो । स्रोतका अनुसार सोमबारसम्म खत्रीलाई मोरङबाट सुनसरीको झुम्का कारागारमा स्थानान्तरण गरिनेछ ।

मोरङ कारागारका प्रमुख उपसचिव शंकर पौडेलका अनुसार सुन तस्करी र सनम हत्याका मुख्य आरोपी चुडामणि उप्रेती (गोरे) र खत्रीलाई एउटै कारागारमा राख्दा सुरक्षा चुनौती बढी हुने भएकाले समेत स्थानान्तरणको तयारी भईरहेको हो ।

करीब ३८ क्विन्ट सुन तस्करीको आरोपमा प्रहरी थुनामा रहेका एसएसपी श्याम खत्रीले जेल स्थानान्तरणको माग गरेका हुन् । सुन तस्करी तथा सनम शाक्य हत्याकाण्डको आरोपमा पूर्पक्षका लागि मोरङ कारागारको थुनामा रहेका उनले जेल स्थानान्तरणको माग गरेका थिए ।

उनको निवेदन उपर सबै कारवाही पुरा भएको छ । सुन तस्करी प्रकरणका अन्य आरोपी समेत पूर्पक्षका लागि सोही कारागारमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्