Logo

धुर्मुस-सुन्तलीलाई देशको सेवा गर्ने अधिकार छ: दिलनिशानी मगर

चर्चित लेखक तथा पत्रकार दिलनिशानी मगरले गरेको एउटा ट्वीटलाई लिएर सामाजिक संञ्जालमा विरोध भइरहेको छ । लेखक मगरले सामाजिक अभियन्ता धुर्मुस-सुन्तलीको बारेमा केही पनि नराम्रो लेखेको-भनेको छैन भन्दै सामाजिक संञ्जालबाटै स्टाटस अपडेट गरेर स्पष्ट पारेका छन् ।

उनले आफ्नो बदनाम गर्ने नियतले विभिन्न अनलाई मिडियाहरुले भन्न खोजेको कुरालाई नजोडी प्रसंग मोडेको आरोप लगाए ।पत्रकार दिलनिशानीले भने , ‘मैले कलाकार तथा सामाजिक अभियन्ता धुर्मुस-सुन्तलीको बारेमा केही पनि नराम्रो लेखेको-भनेको छैन। म उहाँहरुले गरेको कामको प्रशंसक हुँ। देशको सेवा र विकासमा उहाँहरुले जे जस्तो काम गर्दै हुनुहुन्छ त्यसको म उच्च सम्मान गर्ने मान्छे हो। मैले त विर अस्पतालका अल्छी ठगमारा सरकारी कर्मचारीहरुको पो आलोचनामा ट्विट गरेको थिए।’

लेखक दिलनिशानी मगरले फेसबुकमा सार्वजनिक गरेको स्टाटस ।

दोस्रो प्रशंग थप्दै उनले भने , ‘ रंग लगाउन नसक्नेहरु अब अस्पताल पनि धुर्मुस-सुन्तलीलाई देउ भनेको हो। किनभने मेरो मान्यता के छ भने सबैभन्दा पहिले राज्य बलियो हुनुपर्छ। राज्य नै व्याक्तीको भरमा पर्यो भने हामी कहाँ पुगौला। फेरी विरका प्रमुखले विवादीत तर्क गरेका थिए रंग रोगनको खर्चको सन्दर्भमा। धुर्मुस-सुन्तलीलाई देशको सेवा गर्ने अधिकार छ, तर विरले हामी नागरिकलाई आत्मग्लानी गराउने अधिकार पटक्कै राख्दैन। चन्दाले नि देश चल्दैन।’

निरास हुदै मगरले अनत्यमा भने , ‘ विभिन्न अनलाईन मिडीयाहरुमा मेरो नाम जोडेर नकरात्मक समाचार आएको छ, यसले तपाईहरुको भिजिटर बढ्लान् तर याद गर्नुहोस् सत्यको हत्या गर्दा तपाईहरुको कर्म जिवित रहनेछैन।’

प्रतिक्रिया दिनुहोस्