Logo

ओली सरकारले फेरी पेट्रोलियम पदार्थको मुल्य बढायो, अब पेट्रोल लिटरको १ सय १३ रपैयाँ

नेकपाको नेतृत्वमा रहेको सरकारले फेरी पेट्रोलिय पदार्थको मुल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, तथा मट्टितेलको मूल्य बढेको हो । पेट्रोल, डिजेल, तथा मट्टितेलको ३÷३ रुपैयाँ वृद्धि भएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पछिल्लो समयमा लगातार वृद्धि भइरहेको छ । निगमले प्रत्येक १५÷१५ दिनमा आउने नयाँ मूल्य सूचीका आधारमा मूल्य समायोजन गरेको हो ।

भारतीय आयल कर्पोरेशन (आईओसी)ले हिजो नयाँ मूल्यसूची पठाएपछि सरकारले पेट्रोलियम पादार्थको मुल्य बढाएको हो । यो पटक मूल्य बढाउँदा अझै पनि निगमलाई महिनामा १८ करोड ६२ लाख घाटा छ । निगमलाई अहिले ग्यासमा प्रतिसिलिन्डर १३९ रुपैयाँ घाटा छ ।

अब पेट्रोल लिटरमा १ सय १३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमका सञ्चालक समितिका सञ्चालक अरिबिन्द अग्रवालले बताए ।

प्रतिक्रिया दिनुहोस्