Logo

सम्पत्ति खान दाजु–भाउजूलाई दाम्लोमा बाँधेर कुटपिट गरी जबरजस्ती औँठाछाप लगाए यि भाइले

दाजु–भाउजूलाई बाबु आमा समानका अविभावक मानिन५ । तर कतिपय दाजुभाई यस्ता हुन्छन् जसले सम्पत्तिका नाममा दाजु–भाउजूलाई दाम्लोमा बाँधेर जबरजस्ती औँठाछाप गरेर सम्पत्ति हडप्न पछि पर्दैनन् । यो घटना हो जनकपुरको । जहाँ आफ्नै दुई भाइले दाजु र भाउजुलाई दाम्लोमा बाँधेर कुटपिट गरी कागजमा औँठाछाप गराएको रहस्य बाहिर आएको छ ।

अंशवण्डासम्बन्धी विवादमा जनकपुर उपमहानगरपालिका –२१, कुर्था बस्ने रामएकबाल मण्डल र रामकेवल मण्डलका परिवारले दाजु शिवजी मण्डल र भाउजू शान्तिदेवी र बुहारी अमृता देवीलाई दाम्लोले बाँधेर कुटपिट गर्दै कागजमा औँठाछाप गराएपछि यो घटनाले अहिले उग्र रुप् लिएको छ ।

दुवै भाइका छोराहरु सन्तोष, मनिष, ओमकार, रवि र आनन्द मण्डलले तीनजनालाई निर्घात कुटपिट गरी जबरजस्ती औँठाछाप गराएको अनुसन्धानबाट खुल्न आएको छ । शिवजीसहित घाइते तीनै जनाको उपचार जनकपुर अञ्चल अस्पतालमा भैरहेको छ । घाइतेमध्ये शिवजी मण्डल र उनका पत्नी शान्ति देवीलाई गम्भीर चोट लागेको अस्पतालले जनाएको छ भने प्रहरीले अहिले घटनाका विषयमा अनुसन्धान गरेर कारवाहीको प्रक्रिया अगाडी बढाउँदैछ ।

प्रतिक्रिया दिनुहोस्