Logo

गोरे भन्छन्– तस्करीको कमाइ मासिसकेँ, डलर कार्ड प्रयोग गरेको हुनसक्छः प्रहरी

करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्यामा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले आफूले तस्करीबाट कमाएको पैसा सबै मासिसकेको दाबी गरेका छन् ।

उनले जिल्ला अदालत, मोरङमा बयान दिने क्रममा आफूसँग भएको सम्पत्तिबारे बताउँदै कमाएको रकम मासिसकेको दाबी गरेका हुन् । ‘मेरो घरमा ९ जनाको परिवार छ । मेरो आफ्नो धन सम्पत्ति केही छैन’, उनले भने, ‘बुबाको नाममा पूर्वतिर जग्गा जमिन छ । उर्लाबारी र काठमाडौंमा घर छ ।’

यसैबीच, सुन तस्करीको र्‍याकेट बारे अनुसन्धान गर्न गठिन विशेष छानबिन समितिले पनि गोरेको बैंक खाता भेट्टाएको छैन ।

उनको बैंक खाता नभेट्टिएपछि छानबिन समितिले खाताविनै गोरेले करोडौं रुपैयाँ चलाएको दाबी गरेको थियो । समितिले भने गोरेले अन्तर्राष्ट्रिय डलर कार्ड प्रयोग गरेको आशंकामा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्