Logo

पटक पटक झस्काउन थाल्यो भूकम्पले, दोलखा र गोरखामा गएको केही घण्टामा नै हुम्ला केन्द्रविन्दु भएर भूकम्पको धक्का

शुक्रबार बेलुकी ९ बजेर १५ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्पले हल्लाएपछि फेरी हुम्ला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ।

भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ७ बजेर १० मिनेट जाँदा हुम्लाको लिमी केन्द्रविन्दु भएर ३ दशमलव ९ रेक्टर स्केटको भूकम्प गएको हो । भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्पको २०७२ साल बैशाख १२ गते गोरखाको वारपाक केन्द्रविन्दु भएर गएको भूकम्पसँग कुनै सम्बन्ध रहेको छैन्।

त्यसअघि बिहिबार मध्यरातमा गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । यसअघि २०७२ वैशाख १२ गते गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पको परपम्प अझै आइरहेको हो । ठूला भूकम्पपछि वर्षौँसम्म साना परकम्प गैरहने भएकाले आत्तिनु नपर्ने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्