Logo

२८ डिएसपी एसपीमा, ५५ इन्स्पेक्टर डिएसपीमा बढुवा (नामावलीसहित)

नेपाल प्रहरीका २८ जना प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) र ५५ इन्स्पेक्टर डिएसपीमा बढुवाका लागि सिफारिस भएका छन् । शनिबार बसेको बढुवा समितिको बैठकले अच्युत प्रसाद पुडासैनीलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिले प्रकाशन गरेको सूचीअनुसार गंगा पन्त, आभुषण तिम्सिना, सोमेन्द्रसिंह राठौर, रबि कुमार पौडेल, विश्वमणी पोखरेललगायत २८ जना डिएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा अधिकृतको रुपमा कार्यरत डिएसपी सानुराम भट्टराई कार्यक्षमतामा कमजोर मानिएपनि चौथौं नम्बरमा बढुवा सिफारिस भएका छन् । 

 ५५ इन्स्पेक्टर डिएसपीमा बढुवा

यसैबीच, प्रहरीका ५५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस भएका छन् । प्रहरी नियमावली २०७१ को नियम २७ को उप–नियम (४) को प्रावधानअनुसार मिम बहादुर लामा एक नम्बरमा बढुवा भएका छन् । इन्सपेक्टर रमेश बहादुर सिंह, रोशन खड्का, पुरुषोत्तम प्रसाद पाण्डे, भिष्म हुमागाई लगायतका ५५ जनालाई बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्