Logo

महाभारत युद्धमा मारिएका थिए १ अरब ६६ करोड योद्धा, आखिर के गरियो ती शव ?

महाभारतको कथा जति अनौठो छ त्यति नै विचित्र पनि छ। आज हामी तपाईलाई महाभारत युद्ध समाप्त भएपछिको कहानी बताउन गईरहेका छौँ। यो कुरा त सबैलाई थाहा होला कि कौरव र पाण्डवबीच जब युद्ध भयो तब करोडौं योद्धा मारिए। तर मरेका ती योद्धालाई के गरियो, त्यस बारे थोरैलाई मात्र थाहा होला। आज हामी तपाईलाई त्यसैको बारेमा बताउँदै छौँ।

युद्ध समाप्त भएपछि यस्तो भएको थियो

जब पाण्डवले युद्ध जिते जब सबै पाण्डव श्रीकृष्णको साथ धृतराष्ट्र र गान्धारीलाई भेट्न गए। त्यहाँ धृतराष्ट्रले भीमलाई मार्ने प्रयास गरे तर श्रीकृष्णको बुद्धिमताले उनको ज्यान जोगियो। त्यस पछि पाण्डवले गान्धारीलाई भेटे। उनी पनि पाण्डवसँग क्रोधित थिईन तर केही समय पछि उनको क्रोध शान्त भयो। त्यस पछि महर्षि वेदव्यासको आज्ञा अनुसार युधिष्ठिर सबैलाई एक साथ लिएर कुरूक्षेत्र गए। त्यहाँ पुगेर धृतराष्ट्रले युधिष्ठिरसँग युद्धमा मारिएका योद्धाहरुका संख्या सोधे तब उनले बताए – “यस युद्धमा १ अरब ६६ करोड २० हजार योद्धा मारिएका छन्। त्यस बाहेक २४ हजार १६५ योद्धाहरुका कुनै जानकारी छैन।”

युधिष्ठिरले गरे सबैका दाह संस्कार

युद्धमा मारिएका योद्धाहरूका बारेमा जानेर धृतराष्ट्रले युधिष्ठिरलाई सबैको अन्तिम संस्कार गर्न आदेश दिए। युधिष्ठिरले कौरवको पुरोहित सुधर्मा र आफ्नो पुरोहित धौम्य तथा सञ्जय, विदुर, युयुत्सु आदिलाई युद्ध मारिएका सबै योद्धाहरुका शास्त्रोत अन्तिम संस्कार गर्न आज्ञा दिए। त्यस पछि सबै गङ्गा तटमा पुगे र मृतकलाई तिलाञ्जली दिए।

प्रतिक्रिया दिनुहोस्