Logo

पिडित पुगे रवी संग : रक्षा नेपालकी सञ्चालक थापा भन्छिन्, ‘म मरेर कसैलाई न्याय मिल्छ भने मर्न पनि तयार छु, तर पूजाले न्याय पाउनुपर्छ’(भिडियोसहित)

सामाजिक संस्थाको रुपमा परिचित रक्षा नेपालकी सञ्चालक मेनुका थापाले पुजा बोहरा माथि आफुले अन्याय गरेको पाईएको खण्डमा आफु मर्न पनि तयार रहेकी बताएकी छन् । उनले न्युज २४ टेलिभिजनको चर्चित कार्यक्रम ‘सधाकुरा जनतासँग’लाइभ कार्यक्रममा बोल्दै आफु मरेर कसैलाई न्याय मिल्छ भने मर्न पनि तयार रहेकी बताएकी हुन् ।

रक्षा नेपालमा बस्दै आएका बालबालिकाहरुले आफुहरु माथि चरम अत्याचार भएको आरोप लगाउँदै पत्रकार सम्मेलननै गरेका थिए । संस्थाकी सञ्चालक मेकुका थापाले आश्रयका नाममा आफुहरुको शोषण गरेको भन्दै उनिहरु रक्षा नेपाल र सञ्चालक विरुद्ध लडिरहेका छन् ।

समुहिक बलात्कार भएकी बैतडीकी पुजा बोहरा २०५८ सालदेखि रक्षा नेपालमा बस्दै आएकी थिईन् । संस्थाकी सञ्चालक मेनुका थापाले आफुलाई सहयोग गर्नु भन्दा शोषण गरेको भन्दै उनि आफु अनुहार देखाई लड्न भन्दै हाम्रो कार्यालयमा पनि आएकी थिईन ।

साथै पुजा मात्रै होईन त्यहा बस्ने सवै थापाका आफन्त बाहेक सबैको शोषण भएको पुजाको आरोप छ । यसै सन्दर्भमा लाइभ कार्यक्रममा कुराकानी गर्दै रक्षा नेपालकी सञ्चालक थापाले भनिन्, ‘म चाँही १५ वर्ष देखि आफ्नो ज्यानको बाजी रोखेर यौन जन्य हिंसा बिरुद्ध लड्दै आएकी छु । म एक जना मरेर कसैकी छोरीले न्याय पाउँछिन् भने म मर्न तयार पनि छु । तर पूजा बोहोराले न्याय पाउनु पर्छ ।’

तर रक्षा नेपालकी सञ्चालक थापाले पूजा बोहोराको न्यायको लागि आफुले अन्तिम साससम्म पनि लड्ने बताउँदै भनिन्, ‘मैले पूजाको न्यायको लागि २०६८ साल देखि लड्दै आएकी छु । आज पनि लड्छु, भोली पनि लड्नेछु ।’

प्रतिक्रिया दिनुहोस्