Logo

१४ जनाको ज्यान जाने गरी भएको पाल्पा दुर्घटनापछि शोकमा डुब्यो पूरै तानसेन बजार, शोक मनाउन पाल्पाका उद्योग व्यवसाय बन्द

शुक्रबार १४ जनाको ज्यान जाने गरी भएको पाल्पा दुर्घटनापछि शोकमा डुबेको छ । यसैबिच शुक्रबार पाल्पामा भएको बस दुर्घटनाको शोक मनाउन आइतबार पाल्पाका उद्योगधन्दा, पसल व्यवसाय बन्द गरिएको छ । पाल्पा उद्योग बाणिज्य संघको अगुवाईमा व्यापारी, व्यवसायीहरुले पसल व्यवसाय बन्द गरिएको हो ।

संघका अध्यक्ष मोहन श्रेष्ठका अनुसार अध्ययन भ्रमणका लागि तानसेनबाट रामपुर जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, सदस्य एवं कर्मचारी सहित अतिथि चढेको बस रम्भा गाउँपालिका ४ हुमिनको धारदी बनमा शुक्रबार बिहान दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै र उपचारका क्रममा ३ जनाको अस्पताललमा गरी १४ जनाको ज्यान गएको थियो ।

घाईते ४ जनाको काठमाडौं र ५ जनाको मिसन अस्पताल पाल्पामा उपचार भैरहेको संघका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्