Logo

सडकमा जनताको गाडी परीक्षण गरेर चिट कटाएका गृहमन्त्री थापा र बनमन्त्री बस्नेत आफ्ना गाडी परिक्षण गर्न मानेनन्, हतार छ भन्दै टाप कसे

आज विश्व वातावरण दिवस, यही मा्ैका पारेर गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत सडकमा प्रदुषणको अवस्था चेक गर्न निस्किएका थिए । थापाथलीका सडकमा मन्त्रीद्धयले यातायात व्यवस्था विभागको प्रदुषढा जाँच यन्त्रले केही जनताका तथा सार्वजनिक सवारीको प्रदषण पनि जाँच गरे ।

जसमा मन्त्री थापाले जाँचेको गाडीको प्रदुषण फेल भयो र चिट पनि काटियो । बस्नेतले जाँचेको गाडी भने प्रदुषण पास भयो । सडकमा गुडिरहेका सावारी साधनको मात्र नभई केही सरकारी सवारी सधानको पनि प्रदुषण परिक्षण गरिएको थियो ।

यसमा रमाइलो के भयो भने वातावरण विभागका कर्मचारीले वनमन्त्री बस्नेत गुड्ने गाडीको परिक्षण गर्न आग्रह गरेका थिए, तर उनले अहिले हतार भएकोले पछि गर्न भने र त्यहाँबाट टाप कसे। गृहमन्त्री थापाले पनि आफ्नो गाडिको वातावरण परिक्षण नै नगराई कार्यक्रमस्थलबाट बाहिरिए । जसलाई देखेर कार्यक्रममा उपस्थित सर्वसाधारणसमेत अचम्ममा परेका थिए ।

यता वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडी चढ्ने बा २ झ ७०४ नम्बरको गाडी र उप निर्देशक शंकर प्रसाद पौडेलको सवारी साधन परिक्षण गर्दा पास भयो । आफ्ना हाकिमको गाडि परिक्षण पास भएपछि विभागका कर्मचारीहरु बधाई दिइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्