Logo

सवारी दुर्घटनामा परि कुवेत अम्बिकाको गयो ज्यान, नेपालमै रहेका ३ सन्तान बने टुहुरा

सवारी दुर्घटनामा परि कुवेत अम्बिकाको गयो ज्यान, नेपालमै रहेका ३ सन्तान बने टुहुरा कुवेतमा शनिबारका दिन सवारी दुर्घटनामा परि एक जना नेपाली महिलाको निधन भएको छ । निधन हुनेमा मोरङ मधुमल्ला घर भएकी अम्बिका बि.क रहेकी छन् ।

कुवेतको ६ रिङरोडमा राती भएको सवारी दुर्घटनामा अम्बिका बि।क। सहित अन्य २ जना कुवेती नागरिककोपनि सवारी घटनास्थलमै मृत्यु भएको छ । मृतकको शबलाई कुवेतको फर्वनिया अस्पतालमा राखीएको छ ।

घरेलु कामदारको रुपमा कुवेत गएकी ३७ वर्षीया अम्बिकाका नेपालमा श्रीमान, दुई छोरी र १ छोरा रहेका छन् ।कुवेतमा ५ दिन भित्र ३ नेपालीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्