Logo

इन्टरनेटमा भाइरल डिजे ट्याक्सी चालकको महानायक राजेश हमालप्रति यस्तो गुनासो, धरधरी रुँदै पोखे आफ्नो पिडा (हेर्नुहोस् भिडियो) I

मनबहादुर विश्वकर्मा लामाके, स्यांग्जाका स्थायी वासिन्दा हुन्। हाल उनी धापाखेल, काठमाडौँ बस्दै आएका छन्। उनको परिवारमा उनको तिनवटा सन्तान, उनकी श्रीमती सहित जम्मा ५ जना सदस्य छन्। उनी पैसा कमाउन भनेर आफ्नो स-परिवार सहित काठमाडौँ आएका थिए।

काठमाडौँ आउनासाथ उनले केहि काम नपाएकोले बदाम बेच्न थाले। बदाम बेचिरहेको बेला एकजनाले उनलाई ट्याक्सी चलाउने सुझाव दिए। त्यहिँ सुझाव अनुरुप उनले ट्याक्सी चलाउने निधो गरे। ट्याक्सी चलाउन सिके। लाइसेन्स निकाले। आफ्नै ट्याक्सी समेत किने।

बैंकमा बिस लाख ऋण लिएर उनले एउटा ट्याक्सी किने। उनको ट्याक्सीमा एकिदिन महानायक राजेश हमाल चढेका थिए। उनको ट्याक्सी फोहोर भएकोले राजेश हमालले गुनासो गर्दै के हो भाई मान्छे यति सफा छौ ट्याक्सी चाही किन यत्तिधेरै फोहोर। हिरो चढ्ने ट्याक्सी यस्ती फोहोर हुन्छ ? भनेर भनेका थिए। राजेश हमालले त्यसो भने पछि उनले अरुको ट्याक्सी भन्दा आफ्नो ट्याक्सी फरक र चिटिक्क पार्ने सोचे।

उनले आफ्नो ट्याक्सीमा पुराना नोट टासे। झुम्का, घन्टी झुण्डाए। उनले आफ्नो ट्याक्सीमा सजाउन राखेका समान सबै यात्रुले नै उनलाई उपहार र सम्झना स्वरुप दिएको उनी बताउछन्। उनको यस्तो सोच कसरि आयो त? यसमा पनि एउटा घटना सम्बन्धित छ।

एकदिनको कुरा हो उनको ट्याक्सीमा स्वर्गीयर श्री कृष्ण श्रेष्ठ चढेका थिए। उनको मन पर्ने नायक भएकोले उनी आफ्नो ट्याक्सीमा चढाउन पाएकोमा मख्ख त थिएनै साथै उनले सम्झना स्वरु केहि मागे। श्री कृष्णले पनि पाँच रुपैयाँको नोटमा केहि लेखेर दिए। उक्त नोट उनले आफ्नो ट्याक्सीमा अझै टासेर राखेका छन्। त्यसरीनै अरु यात्रुले पनि उनलाई पुराना नोट, पुतली, मुर्ति, झुम्का दिन थाले।

उनको ट्याक्सी अरुको भन्दा भिन्न छ। त्यसैले यात्रुहरु उनको ट्याक्सीमा चढ्न तछाडमछाड नै गर्दछन्। उनको ट्याक्सी भित्र डीस होमको टिभी र माइक समेत छ। यात्रु लाई रमाइलो होस् भन्ने सोचेर उनले माइक गीत गाउनको लागि राखेको उनी बताउछन्। जति पनि यात्रु उनको ट्याक्सीमा चढ्छन् सबैले अहिले सम्म सकारात्मक प्रतिक्रिया दिएका छन्।

यसरि नै यात्रु खुसि पारेर उनी आफ्नो जिविको पार्जन गरिरहेका छन्। दुईटा छोरा एउटी छोरी उनले बालुवाटार स्थित न्युटन स्कुलमा पढाएका छन्। आर्थिक अवस्था कम्जोर भएकाले विद्यालयले उनीहरुलाई एक छोरा बाहेक अरु दुई जनालाई फुल स्कोलरशिप दिइएको छ। एक छोरालाई भने उनले पैसा तिरेर नै पढाएका छन्।

उनको घरमा अपांग श्रीमती छिन्। बम प्रहारमा परेर उनको श्रीमतीको दुई वटा खुट्टा र एउटा हात गुमेको छ। आफ्नो अपांग श्रीमतीको उपचार गर्न पनि उनी दिनरात काममा घोटिने गर्दछन्। ट्याक्सी ऋणमा लिएकोले किस्ता पनि तिर्नै पर्यो। उता श्रीमतीको उपचार पनि गर्नै पर्यो। ५ जनाको परिवार धान्न उनलाई निकै गार्हो परेको छ। त्यहीं पनि उनी जसोतसो गुजारा चलाइरहेका छन्।

केहि समय अगाडी उनको श्रीमतीलाई उपचार गरिएको थियो। उपचारको क्रममा नशा जुधेर अहिले उनलाई छोप्ने, आफ्नो जिब्रो आफै तोक्ने जस्तो अर्को रोग लागेको छ। आफ्नो अपांग श्रीमतीको उपचारको लागि उनले आपंग कार्ड बनाएर धेरै ठाउँमा सहोयोगको लागि अपिल गरे। तर कतैबाट पनि सहयोग जुटेन। अन्तत: उनले कसैमार्फत सहयोग होला भन्ने आश नै मारे।

उनको उपचार गर्न धेरै खर्च लाग्ने भएकोले सहयोग गर्न चाहाने सहयोगी मनहरुलाई यो तलको नम्बरमा सम्पर्क गर्न विनम्र अनुरोध गरिन्छ। साथै धेरै भन्दा धेरै दर्शकमाझ यो भिडियो पुर्याउनको लागि शेयर गरेर पनि सहयोग गर्दिनुहोला। तपाईहाम्रो सानो सहयोगले कसैको जीवन बाच्छ भने हामी किन सहयोग नगर्ने।

सहयोगको लागि सम्पर्क :

मन बहादुर विश्वकर्मा : ९८४१२७८७५५

खाता नं. : १९१००१७५००३६८ (नबिल बैंक)

प्रतिक्रिया दिनुहोस्