Logo

दिमाग तिखो बनाउन चाहनुहुन्छ ? यस्ता खानेकुरा खानुहोस्

उमेर बढ्दै जाँदा दिमागका कोशिकाहरू नष्ट हुँदै जान्छन् र स्मरणशक्तिमा ह्रास आउँछ । तर ब्रेन फूड खानुभयो भने दिमागलाई शक्ति प्राप्त हुन्छ । यी हुन् दिमाग तीखो बनाउने खानेकुराहरू :

ओखर
दिनदिनै एक मुट्ठी ओखर खानुभयो भने दिमागका नसाहरू तेज हुन्छन् ।

पालुंगो
पालुंगोमा भएको प्राकृतिक एन्टीअक्सिडेन्ट गुणले शरीरलाई धेरै लाभ दिन्छ । यसमा भएको आइरन र म्याग्नेसियमले स्मरणशक्ति बढाउँछ र रगतलाई दिमाग तथा शरीरका अन्य अंगसम्म पु–याउँछ ।

आलस
आलसको बिउमा फाइबर र प्रोटीन भरपूर हुन्छ । आलसका बिउलाई दहीमा हालेर खाँदा दिमाग तीखो हुन्छ ।

गोलभेंडा
गोलभेंडा सलादका रूपमा खानुभयो भने दिमागलाई धेरै फाइदा गर्छ । यसमा भएको लाइकोपीन एन्टीअक्सिडेन्टले शरीरलाई –याडिकल कणहरूबाट रक्षा गर्छ । मस्तिष्कका कोशिकाहरूलाई यसले सुरक्षित बनाउँछ ।

हरियो तरकारी
हरियो तरकारी भरपूर मात्रामा पोषक तत्त्वहरू हुन्छन् । यिनले दिमागमा खराब असर गर्ने टक्सिनबाट बचाउँछन् । गाजर, बन्दाकोभी, काउली र सिमीहरूमा एन्टीअक्सिडेन्ट गुण हुन्छन् जसले दिमागलाई राम्रो बनाउँछन् ।

दही
दहीमा अमिनो एसिड हुनाले स्मरणशक्ति बढ्छ । यसले तनाव पनि भगाउँछ । दहीमा ड्राई फ्रुट हालेर खाँदा धेरै फाइदा पुग्छ ।त्यस्तै ब्लुबेरी, केरा, चकलेट, फर्सीको बियाँ, जैतून तेल र साबुत अनाजले पनि दिमाग तीखो बनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्