Logo

मनकामना माईले सबैको मनोकामना पूरा गरुन्, तपाईको लागि यो साता कस्तो छ ? हेर्नुहोस् तपाईको साप्ताहिक राशिफलमा भाग्य

साप्ताहिक राशी (जेठ१९ गते देखि २५ गतेसम्म)

ज्योतिष÷पंडितः–वेदनिधि तिमिल्सिना फोनः– ९८५६०२६३९७

मेष

मेषः– २४ गते मध्यान्हसम्म समयले साथ दिनेछ । वुद्धि,ज्ञान र कार्य क्षमताको विकाश हुनेछ । पुराना समस्या समाधान हुनेछन् । व्यापार व्यवसायमा उन्नति प्रगतिका सम्भावना प्रशस्त देखिने छन् । आफन्तसँग भेटघाट रमाईलो हुनेछ । कामको शिलशिलामा सहयोगी हात भेटिने छन् । नोकरी तथा राजनीतिबाट आँशिक लाभ,वास्तुकला,खोज अनुशन्धनात्म कामबाट लाभान्वित हुनुहुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्नु पर्ला । साताको अन्तिम दिन समस्या बल्झिने देखिन्छ । धन सम्पतिको खति हुनेछ । मनमा अशान्ति फैलिनेछ ।

बृष

वृषः– प्रारम्भमा केहि समस्या देखिने छन् । हतारमा कुनै निर्णय नलिनु होला । सोमबारबाट समयमा सुधार आउनेछ । विगतमा उब्जिएका शंका उपशंका निवारण हुनेछन् । रोकिएका काम सफलोन्मुख रहलान् । कार्य क्षमताको विकाश हुनेछ । उच्च व्यक्तित्वसँग भेटघाट हुनेछ । सभा समारोहमा सहभागि हुने अवसर आउन सक्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । प्रयत्न गर्दा नयाँ काम हात लाग्नेछ । अरुको सहयोग लिएर काम गर्न गाह्रो हुनेछैन । काम गर्दा साना तिना समस्या आए पनि गर्दै जादा समाधान हुनेछन् ।

मिथुन

मिथुनः– शनिवारप्रातकाल थोरै अनुकुल देखिए पनि मध्यान्हबाट विहिबार अपरान्हसम्म समय प्रतिकुल हुनेछ । चिन्ता बढ्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । समस्याको जालोमा परिनेछ । कार्य क्षमतामा ह्रास आउनेछ । गर्न खोजेका काममा अवरोध आउनेछ । अनावस्यक खर्च वृद्धिले आर्थिक संकट पर्नेछ । व्यापारमा मन्दि आउनेछ । साताको अन्तिम दिन समयले साथ दिनेछ । अबरुद्ध काम अगाडि बढ्नेछन् । उत्सव,सभा समारोहमा सहभागि हुने अवसर प्राप्त होला । औषधी प्रशोधन,बास्तुकला,निमार्ण व्यवसायबाट लाभान्वित हुनुहुनेछ ।

कर्कट

कर्कटःसोमबार सम्म समय अनुकुल जस्तै देखिन्छ । थोरै प्रयत्न गरेमा रोकिएका काम बन्नेछन् । साझेदारी काममा हात नहाल्नु होला । रजोगुण बढ्नेछ । स्वतन्त्र तथा एकलौटी व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । खेलकुद तथा निर्माण व्यवसायबाट लाभान्वित हुनुहुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । मंगलबार देखि समयले कम साथ दिनेछ । अनावस्यक झन्झट आइलाग्ने छन् । व्यापार व्यवसायबाट आम्दानीको तुलनामा नोक्सानी बढि वेहोर्नु पर्नेछ । विश्वास गरेकाले धोका दिने छन् । स्वास्थ्यमा समस्या आउन सक्छ । चिन्ता बढ्नेछ ।

सिंह

सिंहः– विहिवार अपरान्ह सम्म समय बलवान देखिन्छ । कार्य व्यस्तता बढ्नेछ । मुद्धा मामिला वादविवादमा जीत हुनेछ । पुराना समस्या समाधान हुनेछन् । नोकरी तथा राजनीतिमा पदोन्नति हुनसक्छ । कुशल नेतृत्व दिन सकिनेछ । विदेश जाने अवसर मिल्नेछ । खेलकुद तथा खोज अनुशन्धानमा सफलता मिल्नेछ । कृषि,मच्छेपालन,शस्त्रअस्त्र,किटनासक औषधी तथा चिकित्सा पेशाबाट लाभान्वित हुनुहुनेछ । साताको अन्तिम दिन भने खराव देखिन्छ । दुःख,कष्ट हैरानी बढि हुनेछ । मानसिक तनाव बढाउने काम हुनेछन् ।

कन्या

कन्याः– शनिवार घरयासी समस्या बढ्ने छन् । खर्चको मात्रा बढ्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । काम काजमा ढिला सुस्ति हुनेछ । आईतबार र सोमबार अलमल बढि हुदा कामले गति लिने छैन । रिस,क्रोध र अहंकार मात्रै बढ्नेछ । पढाई लेखाईमा समस्या आउनेछ । उप्रान्त समय संघर्षमा वित्नेछ । संघर्षबाट नै धेरै ठाँउमा सफलता मिल्नेछ । काम गर्दा गोपनियता अप्नाउनु होला । सहयोगी हात कम भेटिने छन् । लगानी अनुसारको व्यवसायबाट लाभ लिन सकिनेछ । हतारमा भने कुनै निर्णय नलिनु होला पछि पश्चताप हुनेछ ।

तुला

तुलाः– शनिबार मध्यान्हसम्म समयले थोरै साथ दिनेछ । शेष दिन भने उतार चढावमा वित्ने छन् । सुझाव सल्लाह गतिलो पाईने छैन । भौतिक सम्पतिको नास हुनसक्छ । घरमा चोरी हुनसक्छ । मनमा शान्ति मिल्ने छैन । स्वास्थ्यमा समस्या आउन सक्छ । आफन्त बनेर धोका दिने पनि कम हुने छैनन । व्यापार व्यवसायमा सम्भावना मात्रै देखिने छन् । उपलब्धि खासै हात लाग्ने छैन । आस्था र विश्वासमा तुषरापात हुनेछ । तनाव वेहोर्नु पर्नेछ । साताको अन्त्यतिर संघर्ष बढि गर्नु परे पनि अबरुद्ध काम अगाडि बढ्ने छन् । मनमा उत्साहा बढ्नेछ ।

बृश्चिक

वृश्चिकः– सोमबार सम्म समय थोरै अनुकुल देखिन्छ । काम गर्ने उत्साहामा थोरै वृद्धि हुनेछ । वुद्धि,ज्ञान र शिपको सदुपयोग हुनेछ । प्रयत्न गर्न सके नयाँ काम हात लाग्नेछ । अग्नि तत्व प्रधान कामबाट लाभान्वित हुनुहुनेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । शेष दिन त्यति अनुकुल देखिन्न । पारिवारिक समस्या बढ्ने छन् । काम काजमा ढिला सुस्ति हुनेछ । आर्थिक संकट पर्नेछ । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । बन्न लागेका काम विग्रिने सम्भावना देखिन्छ । विश्वास गरेकाले धोका दिने छन् ।

धनु

धनुः– शनिवार मध्यान्ह भित्र गरेका काम सफल हुनेछन् । उप्रान्त सोमबार सम्मको समय खराव हुनसक्छ । सवैलाई आफ्नो नठान्नु होला,इष्टमित्र साथी भाईबाट धोका हुनसक्छ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । मंगलबार देखि विहिवार अपरान्ह सम्मको समय अनुकुल रहनेछ । कर्म क्षेत्रबाट बाहिर नजानु होला । आफ्नै वाहुबलबाट धेरै काम सम्पन्न गर्नु पर्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । विरोधी सँगको लडाईमा विजय प्राप्त हुनेछ । आर्थिक अनुशान कायम राखी काम गर्नु होला । ऋण लगानी नगर्नु होला । गोप्यता भङ्ग नगर्नु होला ।

मकर

मकरः–शनिवार आयको तुलनामा खर्च ज्यादा हुनेछ । अनावस्यक घुमफिर बढि हुनेछ । गन्तव्यमा पुग्न सकिने छैन । व्यापार घट्नेछ । रविबार र सोमबार कार्य क्षमता बढ्नेछ । योजना बनाएर अगाडि बढ्नु होला । हतारमा काम गर्दा घाटा हुनेछ भने ढिला गर्दा अवसर फुत्किने डर रहनेछ । मंगलबार र वुधबार आर्थिक कारोवार गर्दा सचेत रहनुहोला । शेष दिन भने अनुकुल जस्तै देखिन्छ ।पढाई लेखाईमा प्रगति हुनेछ । साझेदारी काममा लगानी नगर्नु होला । स्वतन्त्र व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । उद्योग पराक्रम बढ्नेछ ।

कुम्भ

कुम्भः– शनिबार समयले थोरै साथ दिनेछ । व्यापार व्यवसायबाट थोरै आम्दानी हुनेछ । शनिबारबाट मध्यान्ह देखि सोमबार सम्म समय प्रतिकुल देखिन्छ । चोटपटक आदिको भय देखिन्छ । लगानी गरेमा डुब्नेछ । आस्था र विश्वासमा चोट पुग्नेछ । मंगलबार देखि समयमा सुधार आउनेछ । शरीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । अबरुद्ध काम अगाडि बढ्ने छन् । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । प्रयत्न गर्दा धेरै काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छ ।

मीन

मिनः–सोमबार सम्म समयले साथ दिनेछ । उद्योग पराक्रम बढ्नेछ । उद्योग,धन्दा,बास्तुकाला,निर्माण व्यवसाय तथा अग्नि तत्व प्रधान कामबाट लाभान्वित हुनुहुनेछ । नोकरी तथा राजनीतिमा पदोन्नतिको सम्भावना देखिन्छ । व्यापार व्यवसायबाट उचित लाभ हुनेछ । ईष्ट,मित्र साथी भाईको सहयोग मिल्नेछ । मंगलबार देखि विहिवार अपरान्ह सम्म समय प्रतिकुल हुनसक्छ । विभिन्न खालका समस्या सँग खेल्नु पर्नेछ । आस्था र विश्वासमा चोट पुग्न सक्छ । योजना अधुरा बन्ने छन् । के गर्ने के नगर्ने भन्ने हुनेछ । शेष दिन उत्तम देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्