Logo

भारतीय प्रहरीद्धारा नेपालीमाथी आक्रमण, ट्याङ्कर चालकद्धारा ढुवानी सेवा अवरुद्ध

इन्धन ढुवानी गर्ने ट्याङ्कर चालकहरूले इन्धन ढुवानी बन्द गरेका छन् । वीरगञ्जबाट इन्धन ढुवानी गर्ने ट्यांकर चालकहरु इन्धन ढुवानी बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । सुरक्षाको माग गर्दै आइतबारदेखि इन्धन ढुवानी रोकेका हुन् । भारतीय प्रहरीले कुटपिट गरेपछि नेपाली व्यवसायीले इन्धन ढुवानी रोकेका छन् । वीरगञ्जबाट इन्धन ढुवानी गर्ने ट्याङ्कर चालकहरूले सुरक्षाको माग गर्दै आइतबारदेखि इन्धन ढुवानी रोकेका हुन् ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका उपाध्यक्ष सुरेन्द्र श्रीवास्तवका अनुसार शनिबार भारतीय प्रहरीले ७ जना नेपाली ट्याङ्कर चालकमाथि कुटपिट गरेका थिए । कुटपिटबाट ती चालक घाइते भएको उनले बताए । भारतीय प्रहरीले वीरगञ्ज सुक्खा बन्दरगामा नेपाली चालकमाथि हमला गरेका श्रीवास्तवले जानकारी दिए ।

वीरगञ्ज नाकाबाट दैनिक डेढ सयको हाराहारीमा नेपाली ट्याङ्करले इन्धन ढुवानी गर्छन् । उक्त कुटपिटको घटनापछि सुरक्षा प्रत्याभूति माग गर्दै चालकहरूले इन्धन ढुवानी रोकेका हुन् ।इन्धन ढुवानी रोकिएपछि महासंघले सुरक्षाको प्रत्याभूतिको माग गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र निगमलाई पहल गरिदिन आग्रह गरेको छ ।

महासंघका उपाध्यक्ष श्रीवास्तवका अनुसार विगत ५/६ दिनदेखि नै भारतीय पक्षबाट कुटपिटका घटना भएका छन् । भारतीय पुलिसले कुटेको उक्त घटनापछि आइतबार वीरगञ्ज नाकाबाट इन्धन ढुवानी नै रोकिएको छ भने नेपाल आयल निगमको थानकोट र अमलेखगञ्ज डिपोमा इन्धन लोडरअनलोड पनि ठप्प छ । ‘कुटपिट भएपछि चालकहरूले ढुवानी गर्न नसकिने भन्दै कामै गरेका छैनन्,’ श्रीवास्तवले भने ।

प्रतिक्रिया दिनुहोस्