Logo

इन्धन लिन भारत गएका नेपालीलाई चार दिन सम्म बन्धक बनाएर भारतीय प्रहरीले गरे कुटपिट

नेपाल भारतको सीमा रक्सौल नाकाहुँदै ईन्धन लिन भारत गएका चालक तथा सहचालकलाई भारतीय प्रहरी र स्थानीयले चार दिन सम्म बन्धक बनाएर कुटपिट गरेका छन् ।

इन्धन लिन गएका गाडीका चालक तथा सहचालकहरुलाई भारतीय प्रहरी र स्थानीयले चार दिन बन्धक बनाएर कुटपिट गरेका हुन् । उनीहरुलाई जेठ १६ देखि १९ गतेसम्म बन्धक बनाई कुटपिट गरीएको छ । ट्याकंर चालक र सहचालकहरुले भारतमा आफुहरुको ज्यान असुरक्षित रहेको बताएका छन् ।

पेट्रोलियम पदार्थ लिन रक्सौल हुँदै भारतको आईसिपि कष्टम पुगेका ट्यांकर चालक तथा सह चालकलाई भारतीय प्रहरी एसएसबीका जवानले कुटपिट गरेका हुन्। भारतीय प्रहरीको कुटाईबाट ना ७ ख १७४० नम्बरका चालक देव थापा, ना ७ ख २४७४ का चालक पशुपति मैनाली, ना ४ ख १५९३ का सहचालक राजेश बिक, ना ६ ख ६९४२ का चालक टेकलाल गोले, सहचालक गोरे लामा, ना ४ ख १५९४ का चालक देव लामा, ना ७ ख २१२६ का सह चालक सुशन बमजन, ना ७ ख ३६९६ का चालक बिकेस लामा, ना ७ ख २४७१ का चालक कान्छा तामाङ लगायतका मजदुर घाईते भएका छन् । उनीहरुलाई चन्दा नदिएको भन्दै कुटपिट गरिएको छ ।

प्रहरीको सवारीलाई ओभरटेक गरेको आरोप लगाएर आफुहरु माथि कुटपिट गरेको पीडितहरुले बताएका छन् । यो घट्नाको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सो घटनाका सम्बन्धमा सरकारलाई चासो राख्न आग्रह गरिएको छ ।

संगठनका अध्यक्ष भीमज्वाला राईले जारी गरेको प्रेस विज्ञप्तीमा पीडित मजदुरलाई न्याय दिन र काम गर्ने बातावरण तयार गर्न माग गरिएको छ । संगठनले श्रमिकको सुरक्षाका लागि सरकारसंग माग गरेको छ। अन्य धेरै चालकहरु समेत आक्रमणको शिकार भएका छन् घाईते मजदुरहरुको उपचार, पीडिकहरुमाथी कारवाही तथा शान्ति सुरक्षाको प्रत्याभूतिका लागि सरकारसंग हार्दिक अपिल गर्दछौ, प्रेस विज्ञप्तीमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्