Logo

डिल्लीबजारस्थित सदरखोरबाट रेशम चौधरीले बाबुरामलाई पठाएको चिठी भाइरल, गुनासोले भरीएको चिठीमा खास के छ ?

डिल्लीबजारस्थित सदरखोरमा रहेका टीकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पत्र पठाएका छन् । कारागारबाट चौधरीले लेखक दिलनिशानी मगरमार्फत भट्टराईलाई पठाएको पत्रमा एउटै वर्ग र समूदाय आन्दोलनमा सहभागि भएकै आधारमा षड्यन्त्रपूर्वक ढंगले घटनालाई गैरराजनीतिक बनाइएको उनले गुनासो गरेका छन् ।

यही जेठ १७ गते लेखिएको पत्रमा उनले भनेका ‘टीकपुर घटना राजनैतिक हुन सकेन, बनाइएन । हुन नसक्नु र बनाइनुको पछाडि एउटै कारण हो–एउटै वर्ग र समूदाय मात्रै आन्दोलनमा सहभागि हुनु !’ शान्तिर समृद्धि चाहेपनि न्याय नपाएका आक्रोशित जनताको बीचमा मुलुकले कसरी समृद्धिको फड्को मार्न नसक्ने समेत दाबी गर्दै चौधरीले भनेका छन् । साथै उनले बाबरामलाई जेलमा नै प्रत्यक्ष भेट्ने इच्छा देखाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्