Logo

धुर्मुसले अभियान चलाएको वीर अस्पतालमा भ्रष्टचार, पियनसमेत छानविनको दायरामा, अख्तियारको अनुसन्धान सुरु

वीर अस्पतालमा भएको भ्रष्टचारमाथी अख्तिया र सतर्कता केन्द्रले अनुसन्धान सुरु गरेको छ । वीर अस्पतालको भ्रष्टाचारमा भने पियनसमेत छानविनको दायरामा परेका छन् । सरकारी निकायमा भ्रष्टाचार छानविन गर्दा उच्च अधिकारी र बिभागीय प्रमुखहरुबाट शुरु हुने भएपनि वीरमा भने पियन पदका कर्मचारी छानविनको दायरमा परेका छन् ।

ऋण शाखाकी प्रमुख भगवती थपलिया, पटक—पटक बिभिन्न प्रकरणमा जेल परेका सेवा आयोग सचिव कर्मचारी लक्ष्मण अर्यालदेखि पियन नवराज धितालमाथिसमेत छानविन हुन थालेको छ । पियन धितालमाथि अस्पताल परिसरमै पसल सन्चालन गरेको आरोप छ ।

जारी अस्पताल सुधार अभियान चलिरहेको छ । सामाजिक अभियान्ता, स्वास्थ्य मन्त्रालय र वीर अस्पतालले अभियान सञ्चालन गरिरहेका छन् । जारी अभियान अहिले विवादित भएको छ । अभियानको नेतृत्व कलाकार सिताराम कट्टेल (धुर्मुस) ले गरीरहेका छन् ।

अभियान विवादमा परेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले समेत अस्पताल सुधारका लागि सरकारले दिएको दुई अर्बको खोजी गर्न थालेका हुन् । स्वास्थ्यमन्त्री गगन थापाका पालामा वीर अस्पताल सुधारको लागि सरकारले दुइ अर्ब भन्दा बढी रकम निकासा भएको थियो ।

भ्रष्टाचार र अनियमितताको सुबत प्रमाण सहित ८४ बुँदाको उजुरी परेपछि अख्तियार र सतर्कताले छानविन अघि बढाएका हुन् । महालेखा परीक्षकको प्रतिवेदनले समेत वीर अस्पताल प्रशासनमा ठूलो अनियमितता देखाएपछि अनुसन्धान अघि बढाउन लागिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्