Logo

माथिभरा माताले सबैको मनोकामना पूरा गरुन्, तपाईको आजको राशिफल : २०७५ साल जेठ २१ गते सोमबार

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतु,विरोधकृत् नाम संवत्सर,शाके १९४०,सम्वत २०७५ साल जेठ२१गते सोमबार नेपाल सम्बत ११३८ अनलागा,सन् २०१८ जून४ तारिक अधिक ज्येष्ठकृष्णपक्ष षष्ठी तिथि अहोरात्र,श्रवणनक्षत्र मध्यान्ह१२ वजेर ४३ मिनेटसम्म,ऐन्द्रि योग,गरकरण,आनन्दादियोग सिद्धि,सूर्य वृष राशीमा,चन्द्रमा राती १ वजेर ५४ मिनेटसम्म मकर उप्रान्त कुम्भ राशीमा । ॐः–राहुकालः– विहान६÷५४वजेबाट८÷३७वजेसम्म रहनेछ,यमघण्टायोगः–विहान१०÷२१ वजेबाट मध्यान्ह १२÷४वजेसम्म रहनेछ, दूरमुहूर्तः–मध्यान्ह १२÷३२ वजेबाट अपरान्ह१÷२७ वजेसम्म र ३÷१७ वजेबाट ४÷१२ वजेसम्म रहनेछ,यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३६ वजेबाट मध्यान्ह १२÷३२वजेसम्म रहनेछ,गुली कालः–अपरान्ह१÷४८वजेबाट ३÷३१वजेसम्म रहनेछ, यो सामान्य मानिन्छ । ॐः–सूर्योदयबाट प्रातः ६÷५३ वजेसम्म अमृतवेला,६÷५३ वजेदेखि ८÷३६वजेसम्म कालवेला,८÷३६ देखि १०÷१९ वजेसम्म शुभवेला,१०÷१९ देखि १२÷२ वजेसम्म रोग वेला,१२÷२ देखि १÷४५ वजेसम्म उद्वेगवेला,१÷४५ देखि ३÷२८ वजेसम्म चरवेला,३÷२८ देखि ५÷११ वजेसम्म लाभवेलार ५÷११ वजे देखि सूर्यास्तसम्म अमृतवेला रहनेछ । ॐः–सूर्यास्तबाट ८÷११ वजेसम्म चरवेला,८÷११ वजेदेखि ९÷२८ वजेसम्म रोग वेला,९÷२८ देखि १०÷४५वजेसम्म कालवेला,१०÷४५ देखि १२÷२ वजेसम्म लाभ वेला,१२÷२ देखि १÷१९ वजेसम्म उद्वेगवेला,१÷१९ देखि २÷३६वजेसम्म शुभवेला,२÷३६ वजे देखि ३÷५३ वजेसम्म अमृत र ३÷५३वजे देखि सूर्योदयसम्म चरवेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– वुद्धिको सदुपयोग गरेर काम गर्नु भयो भने धेरै काममा सफलता मिल्नेछ । आज गरेका काम उदाहरणीय हुनेछन् । राज्यसँग सम्बन्धित काम बन्ने छन् । सामाजिक काममा अभिरुची बढ्नेछ ।

बृष

वृषः– काम प्रतिको अभिरुची बढ्नेछ । गरेका काममा आँशिक सफलता मिल्नेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनसक्छ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ सजग सतर्क रहनु होला ।

मिथुन

मिथुनः–अनुकुलता भन्दा प्रतिकुलता बढि देखिन्छ काम गर्दा विचार पु¥याउनु होला । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ने अवस्था आउन सक्छ । जोखिम पूर्ण काममा हात नहाल्नु होला ।

कर्कट

कर्कटः–समयलाई ख्याल राखेर काम गर्नु होला गरेका अधिकाँश काम सफल हुनेछन् । नोकरी तथा राजनीति एवं स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । जीवन साथिको सहयोग पनि मिल्नेछ ।

सिंह

सिंहः– मनमा भय त्रास उत्पन्न हुनसक्छ । विभिन्न कठिनाईका वीच पनि काम बन्ने छन् । काम गर्दा आफन्त भए पनि गोपनियता नखोल्नु होला विश्वास घात हुनसक्छ । विवादमा जीत हुनेछ ।

कन्या

कन्याः– अलमलमा नपरि काम गर्नु होला । पठन पाठनमा अवरोध आउन सक्छ । प्रेममा धोका हुनसक्ने कुरालाई नकार्न सकिन्न । गरेका कामबाट सामान्य लाभ हुने देखिन्छ ।

तुला

तुलाः– शारीरिक शिथिलता बढ्नेछ । धन सम्पतिको विषयलाई लिएर विवाद पर्न सक्छ । काम गरेर जश पाइने छैन । दैनिक काम काजमा अवरोध आउनेछ । घरयासी समस्या बढ्नेछ ।

बृश्चिक

वृश्चिकः– काम गर्ने वातावरण विग्रन सक्छ समयमा सचेत भएर लाग्नु होला । काम अनुसारको दाम हात लाग्नेछ । भाई बन्धुको सहयोग मिल्नेछ । आस्था र विश्वास पनि बढ्नेछ ।

धनु

धनुः– लेनदेनका विषयमा सचेत रहनुहोला । आम्दानी खर्च वरावरै जस्तो हुनेछ । अरुबाट सहयोगको अपेक्ष धेरै नराख्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् ।

मकर

मकरः–आएको अवसरको सदुपयोग गर्न सके धेरै काममा सफलता मिल्नेछ । इच्छित कामले प्राथमिकता पाउनेछ । स्वव्यवसायबाट लाभ हुनेछ । मिष्ठान्न भोजन मिल्ने छ ।

कुम्भ

कुम्भः– काममा अवरोध आउनेछ । गरेका कामबाट लाभ भन्दा हानी बढि हुनसक्छ । व्यर्थको घुमाई फिराई हुनेछ । जोखिम मोलेर काम नगर्नु होला ठुलै क्षति हुनसक्छ ।

मीन

मिनः– आय आर्जनका दृष्टिले दिन उपलब्धिपूर्ण नै देखिन्छ । काम गर्दा समयको ख्याल राखेर गर्नु होला । उधारो रकम उठाउन सकिनेछ । पढाई लेखाईमा अभिरुची बढ्नेछ ।
प्रतिक्रिया दिनुहोस्