Logo

१९ वर्षीय सुनार गैंडाको सिंङ सहितको खाग ६५ लाखमा विक्री गर्दागर्दै काठमाडौँबाट रंगेहात पक्राउ

गैंडाको सिंङ लाखौँमा विक्री गर्न लाग्दा लाग्दै एक युवक रंगेहात समातिएका छन् । महानगरीय प्रहरी वृत्त, लैनचौर सोह्रखुट्टेले गैडाको खागसहित धादिङका १९ वर्षीय जिसन सुनारलाई पक्राउ गरेको हो ।

वृत्तका डिएसपी दिपक पोखरेलका अनुसार प्रहरीले जिसनलाई गैँडाको सिंग जस्तो देखिने गैंडाको खागलाई ६५ लाख रुपैयाँमा विक्री गर्न लागेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरेर जिल्ला वन कार्यालय, हात्तिसार पठाइएको र प्रहरीले घटनाका विषयमा थप अनुसन्धान अगाडी बढाएको जनाएको छ । काठमाडेँमा उनको अन्य धन्दा पनि रहेको हुन ।

प्रतिक्रिया दिनुहोस्