Logo

‘गोरे’ की पत्नि नर्वदाले यि प्रहरीलाई रुँदै मामा यसपटक बचाइदिनुपर्यो भन्दै फोन गरेको अडियो भाइरल

साडे ३३ केजी सुनकाण्डका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ पुर्पक्षका लागि मोरगं कारागारको थुनामा रहेका बेला अर्को उटा गोप्य अडियो सार्वजनिक भएको छ । सार्वजनिक अडियोमा महानगरीय अपराध महाशाखाका सई बालकृष्ण सञ्जेल र गोरेकी पत्नी नर्वदा खरेलबिच भएको एक्स्क्लुसिभ अडियो भाइरल भइरहेको छ ।

अडियोमा महानगरीय अपराध महाशाखाका सई बालकृष्ण सञ्जेलले गोरेकी पत्नी नर्वदा खरेलसँग झण्डै २० मिनेट कुराकानी भएको स्पष्ट देखिन्छ । यसमा सञ्जेलले आफूहरुले गोरेलाई बचाउन खोजेको तर, उनी अन्तिम समयमा भागेपछि कुरा बिग्रिएको महानगरीय अपराध महाशाखाका सई बालकृष्ण सञ्जेलले गोरे पत्नि नर्वदालाई बताएका छन् ।

अडियोमा गोरेलेयसअघि पनि डेढ केजी सुन काण्डमा प्रहरील ाई गोरेले काम दिएको र ३३ केजी सुन काण्डमा पनि प्रहरीले बचाउन खोजेको रहस्य बाहिर आएको छ । अडियोमा सुन भरिया सनमको मृत्यु भएको उनकी पतिनलाई समेत थाहा नभएको कुरा उनीहरुबिच भएको छ । सुरुमा फरार रहेका गोरे ११ जेठमा पक्राउ परेपछि यो काण्डका धेरै रहस्यहरु खुल्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्