Logo

सुनकाण्डमा प्रधानमन्त्रीलाई मुछेपछि संसदमा बबाल, महेश बस्नेतको राजधानी छाड्न चेतावनी (भिडियो)

महेश बस्नेत र प्रेम सुवाल दुबै भक्तपुरबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सांसद हुन् । तर यी दुईबीच पटक्कै ग्रह मिल्दैन भन्ने बारम्बार प्रमाणित हुँदै आएको छ ।पार्टी फरक भएकोले विचारमा नमिल्ने कुरा आफ्नो ठाउँमा छ तर भक्तपुरको विकासका मुद्दामा देखिएको परस्पर विरोधी विचार झनै डरलाग्दो छ ।बस्नेत नेकपाका केन्द्रिय सदस्य हुन भने सुवाल नेपाल मजदुर किसान पार्टीका नेता हुन् ।

बजेट माथिको छलफलका क्रममा सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सुनकाण्डमा मुछेपछि बबाल खडा गर्न रोस्टममा उत्रिए महेश बस्नेत । बोल्ने क्रममा बस्नेतले सुवालको भाषण संसदको रेकर्डबाट हटाउन मात्रै भनेनन्, भक्तपुरबाट बसाइ सर्न सुवाललाई चेतावनी दिए ।यो भिडियो हेर्नुस्ः

प्रतिक्रिया दिनुहोस्