Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

कुखुराको मासु नपकाएको भन्दै ८० वर्षे वृद्ध आमाको चक्कुले हानी हत्या गरे यि छोराले


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

भारतको आन्ध्र प्रदेशको गुन्टुर इलाकामा एक छोराले आमाले कुखुराको मासु नबनाएको भन्दै चक्कुले आक्रमण गरी हत्या गरेका छन् ।भारतिय मिडियाका अनुसार ४५ वर्षीय बेज्जम किशोर ले ८० वर्षे बेज्जम मारियम्माको हत्या गरेका हुन् ।

ग्रामिण स्वास्थ्यकर्मी समेत रहेका छोराले आमालाई दिउँसो कुखुराको मासु बनाउन आदेश दिएका थिए । जब उनकी आमाले यसो गर्न सकिनन् तब किशोरले किचनमा भएको चक्कुले आमा माथि आक्रमण गर्दा आमाको घटनास्थलमै ज्यान गएको बताइएको छ ।

अत्यधिक रक्सी पिउने किशोरलाई उनकी श्रीमतीले यहि कारणले छोडेकी थिइन् ।आमालाई चक्कु प्रहार गरेपछि किशोर तत्काल भागेको बताइएको छ ।