Logo

तपाईंको मुख वा स्वास गनाउँछ ? यो घरेलु उपाय अपनाउनुस्

कतिपय मानिसहरु मुख र स्वास गनाउने समस्याबाट पीडित हुन्छन् । उनीहरुले घरेलु उपाय अपनाउने सके ठीक हुने छ । सुकमेललाई मुख गनाउने औषधिको रूपमा प्रयोग गर्न सकिन्छ । खाना खाइसकेपछि एउटा गेडा सुकमेल मुखमा च्याप्ने बानीले मुख गनाउने समस्याबाट बिस्तारै मुक्ति पाउन सकिन्छ ।

खाना खाइसकेपछि धनियाँको पात चपाउने बानीले पनि यस्तो समस्याबाट मुक्ति पाउन सकिने बताइन्छ । धनियाँले स्वासलाई फ्रेस बनाउनुका साथै दुर्गन्ध हटाउने काम गर्छ ।

सर्दी भगाउने उपायका रूपमा धेरैले लिने गरिएको ल्वाङको प्रयोगले स्वासलाई स्वच्छ र सुगन्धित पार्न पनि मद्दत गर्दछ । यस्तै पुदिनाको प्रयोग गर्नाले पनि यो समस्याबाट छुटकारा पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्